कोभिड १९ विरुद्ध लड्न हिमानी ट्रष्ट सकृय,अग्रपंतिमा काम गर्नेलाई पिपिई वितरण ।

0
164


हिमानी कोषले वैशाख १४ गते काठमाण्डौ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु पनि प्रदान गरेको थियो ।

हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत सामाग्रीहरु वितरण गरिरहेको छ । हिमानी कोषले वैशाख १४ गते काठमाण्डौ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु पनि प्रदान गरेको थियो । हिमानी कोषकी उपाध्यक्ष पे्ररणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । साथै सोही कार्यक्रममा २० संचारमाध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको थियो भने सामाग्रीहरु वितरण कार्य जारी रहेको छ ।
सोही कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताउनु भयो ।