किड्नी बेचेर पनि बेबारिसेको सेवा गर्छु : भावुक हुँदै बिनय । (भिडियो सहित )

0
111

बेबारिसे बेसहाराहरुको लाश अन्त्येष्ठि गर्ने काममा लागेका समाज सेवी बिनयजंग बस्नेतले समाजबाट बेसहाराको अन्त्य गराउन आफुले किड्नी बेच्न पनि पछि नपर्ने बताएका छन् । पशुपथि अर्याघाटमा बेबारिसे शव अन्त्येष्ठि गरीरहँदा हामीले उनि माथि बिभिन्न प्रश्नहरु सोधेका छौ । उनले हाम्रो प्रश्नको जवाफमा भनेका छन् राज्यले गर्नु पर्ने काम ब्यक्तिले गरिरहेको छु आज सम्म १६ लाख ऋण लागेको छ हार खाएको छैन पर्यो भने आफ्नो एउटा किड्रनी बेचेर भए पनि समाज सेवा गर्न छाड्दीन भनेका छन् । बिगत ६ बर्ष देखि दुरगन्धित भएको बसहारा लाश सद्गद गर्दै आएका बस्नेत सँगको पुरा कुराकानी भिडियोमा हेर्नुहोला ।