रविलाई फसाउनेहरु पनि फस्दैछन् : वरिष्ठ अधिवक्ता कार्की ।

0
142

वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले रवि लामिछानेलाई फसाउने कार्यमा संलग्न भएकाहरुको छिट्टै पहिचान हुने बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रवि लामिाछानेलाई फसाउँदा राज्यलाई नै हाइ सन्चो हुने बताउँदै राज्यको योजना बिना उनि गिरफ्तार हुनै नसक्ने तर्क गरे । उनले लामिछाने माथि झुट्टा मुद्धा लगाइएको भन्दै यो मुद्धा अदालतमा दर्तौ हुन नसक्ने बताए । अर्को प्रसंगमा उनले रविको समर्थनमा आयोजित सभामा पुण्य गौतम माथि नै आक्रमण हुनु दुखद भएको स्मरण गर्दै एउटै मुद्धामा हिंडेका साथी माथि कसले त्यस्तो आक्रमण गर्यो भन्ने बिषयमा कार्यक्रम आयोजकले छानविन गरी कारबाही गर्नु पर्ने सुझाव दिनु भयो । सो कार्यक्रममा कार्कीले राख्नु भएको भनाई हामीले भिडियोमा प्रस्तुत गरेका छौ ।