राजाको बिरोध गरेको भन्दै प्रचण्डको पुत्ला दहन,राजा आउ देश बचाउ भन्दै नारावाजी । (भिडियो सहित)

0
5

राजवादी संगठन शाही युवा शक्ति नेपालले राजधानीको बुढानिलकण्ठमा नेकपाका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको छ । पुर्व राजालाई नार्गाजुन दरबारबाट निकाल्छु भन्दै दिएको अभिब्यक्तिको बिरोधमा पुत्दा जलाइएको शाही युवा शक्तिका केन्द्रिय अध्यक्ष पशुपति खड्काले जनाएका छन् । नागरीकको हैसियतमा बसेका राजालाई निकाल्छु भन्ने प्रचण्ड को हुन् ? भन्दै खड्काले उल्टै प्रचण्डलाई कारबाही गर्ने चेतावी दिंदै आइरहेका छन् । बुढा निलकण्ठ स्थित प्रहरी चौकीबाट ५० मिटरको दुरीमा पुत्ला दहन गर्दा पनि प्रहरीले सुइको समेत पाउन सकेको थिएन । शाही युवा शक्ति नेपालका केन्द्रिय सदस्य राम कुमार रम्तेलको संयोजकत्वमा पुत्ला दहन भएको थियो । पुत्ला दहन सकिए पछि प्रहरी निरिक्षकको कमाण्डमा आएको प्रहरी आफै अलमलमा परेको भिडियोमा स्पष्ठ देख्न सकिन्छ । बाँकी भिडियोमा हेर्नुहोला ।