राजसंस्था संग प्रचण्डलाई त्रास की आस ? किन बोल्दैछन् हरेक दिन। (भिडियो सहित )

0
9

नेकपाका अध्यक्ष प्रचण्डले इतिहास बनि सकेको कुनै पनि संस्था फेरी आउँछ भन्दै हल्ला गर्नेहरुलाई सम्झाउँदै नेपालमा प्रतिगमनको खतरा नरहेको बताएका छन् । अखिल नेपाल शिक्षक संगठनद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एतिहासमा जनताले रक्ष्यानमा फालिसकेको संस्था फर्काउन भन्दै चलखेल नगर्न सुझाव दिएका छन् । उनले राजसंस्थाको नाम उल्लेख नगरे पनि केही दिन अघिको आफ्नै भनाईलाई पछ्याउँदै उनले राजावादीहरुको सक्रियताको अर्थ नभएको बताएका हुन् । अहिलेको समय अवसर र चुनौती दुबै कठिन भएको भन्दै नेकपाले सबै परिस्थतीको सामना गर्ने धारणा राखेका थिए । पार्टी एक भएको डेढ बर्ष बितिसक्दा पनि सबै तहमा एकता गर्न नसक्नुमा नेतृत्वकै कम्जोरी रहेको स्विकारदै सबै समस्याको समाधान विस्तारै हुँदै जाने बताउनु भयो । कार्यक्रममा प्रचण्डले राख्नु भएको भनाई भिडियोमा हेर्न सक्नुहुनेछ ।