देश जोगाउन हरेक ब्यक्ति पेशा भन्दा माथि उठ्न पुर्व मन्त्रीको अपिल ।

0
13

पुर्व सहायक मन्त्री दिनबन्दु अर्यालले अब हरेक ब्यक्ति पेशा भन्दा माथि उठेर धर्म संस्कृति र देश बचाउन लाग्नु पर्ने बताउनु भएको छ । त्रि शक्ति सिद्ध बाबा अध्यात्म केन्द्र द्धारा आयोजित पहिलो चरणको धार्मिक सुद्धिकरण अभियानको समापन गर्दै उहाँले हिन्दु धर्मको रक्षा बिना देशको अस्मिता रक्षा गर्न सम्भव नभएको बताउनु भएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमलाले देश विकास गर्न सच्चा राष्ट्र सेवकको् खाँचो रहेको बताउनु भएको थियो । धर्म गूरुहरुले उठाउनु भएका जायज मुद्धामा आफ्नो पुर्ण समर्थन रहेको बताउँदै देश बिकास गर्न भ्रष्ट्राचार बाधक भएको बताउनु भयो । उहाँले भ्रष्ट्राचार अन्त्य गर्न हरेक नागरिक सचेत हुनु पर्ने धारणा राख्नु भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै त्रि शक्ति सिद्ध बाबाले धर्मलाई बिकृत बनाउनेहरुका बिरुद्धको अभियान निरन्तर जारी रहने बताउनु भयो । धार्मीक शुद्धिकरण अभियानमा सहभागी हुने अभियन्ताहरु प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा बेवारीसे लास संकलन गरी धार्मिक बिधि अनुसार अन्त्येष्ठी गर्ने कार्यमा संलग्न बिनयजंग बस्नेतलाई १० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । आर्थिक सहयोग बुझे लगत्तै बस्नेतले समाजमा कोही पनि ब्यक्ति बेवारीसे अवस्थामा मर्न नपरोस् भन्ने अवस्था सृजना गर्न आफु लागि परेको र त्यसमा सहयोग गर्ने सबैलाई आभार ब्यक्त गरेका थिए । कार्यक्रममा धार्मीक शुद्धिकरण अभियानमा सहभागी भएका अभियन्ताहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।