धार्मिक सुद्धिकरण अभियानमा तपाईलाई चुले निम्तो ।

0
43

त्रिशक्ति सिद्ध बाबा अध्यात्म केन्द्रले बिगत एक महिना देखी जारी रहेको धार्मिक शुद्धिकरण अभियानको पहिलो चरणको कार्यक्रम शुक्रबार समापन हुने भएको छ । केन्द्रले दिएको जानकारी अनुसार पशुपति नाथ मन्दिर परिसरबाट सुरु भएको अभियान बानेश्वर चोक,शान्तीबाटीका,बनकाली हुँदै कोटेश्वर स्थित त्रिशक्ति सिद्ध बाबा अध्यात्म केन्दको प्राङगणमा एक भब्य समारोहको आयोजना गरी समापन हुने कार्यक्रम रहेको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा उपस्थित भई हिन्दु धर्म र परम्परामा भएको बिकृतीहरु हटाउने बिषयमा महत्वपुर्ण जानकारी लिन सम्पुर्ण भक्तजनहरुमा केन्द्रले अपिल गरेको छ । शुक्रबारको कार्यक्रममा त्रिशक्ति सिद्ध बाबाले बिषेश सम्बोधन गर्नुहुने आयोजकले जनाएको छ । पहिलो चरणको कार्यक्रमको समापन सँगै दोस्रो चरणको सुद्धिकरण अभियानका कार्यक्रम सार्वजनिक हुने आयोजकले जनाएको छ ।