हिन्दु धर्म कम्जोर बनाउन ब्राम्हणहरु नै जिम्मेवार : त्रि शक्ति शिद्धबाबा ।

0
149

त्रि शक्ति सिद्ध बाबाले साधु सन्त,मठाधिष,पिठाधिष,पण्डित,शंकराचार्य,जगत गुरु र धार्मिक अभियन्ताहरुकै कारण नेपालमा धार्मिक युद्धको खतरा रहेको बताउनु भएको छ । हिन्दु धर्मको रक्षा गर्ने जिम्मा लिएर बसेका ब्यक्तिहरुकै कारण हिन्दु धर्म कम्जोर भएको उहाँको भनाई थियो । धार्मिक सुद्धिकरण अभियान अन्तर्गत रत्नपार्कको शान्ती बाटिकामा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उहाँले ब्राम्हणले गति छाडेकाले संस्कारमा आँच आउन लागेको बताउनु भयो । देव कार्य र पितृ कार्य गर्ने ब्राम्हण नै झुट्टा भएका कारण समाज गलत बाटोमा अगाडी बढेको बताउनु भयो । ब्राम्हणको दक्षिणा मुखि हुनु दुर्भाग्य भएको भन्दै धार्मिक कार्य गर्दा ब्राम्हण छनौटमा ध्यान दिनु पर्ने उहाँको भनाई थियो । कलियुगमा सज्जन २५ प्रतिशत रहेको र झुट्टाको संख्या ७५ प्रतिशत भएको भन्दै फट्याँइ गर्नेहरुको बाहुल्यता रहेको उहाँको भनाई थियो । धार्मिक शुद्धिकरण अभियानमा धार्मिक क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममात्रि शक्ति सिद्ध बाबा अध्यात्म केन्द्रले बेवारिसे शव संकलन गरी दाहसंस्कार गर्ने कार्यमा संलग्न सामाजिक अभियन्ता विनयजंग बस्नेतलाई १० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । धार्मिक शुद्धिकरण अभियान अन्तर्गत आगामी शुक्रवार गौशाला बनकालाी क्षेत्रमा जागरण अभियान सञ्चालन हुने त्रि शक्ति सिद्ध बाबा अध्यात्म केन्द्रले जनाएको छ ।