धर्म संस्कार नास गर्न धार्मिक गुरुहरु नै सक्रिय, १० जना ब्राम्हणले देश बिगारे ।

0
219

धर्म र संस्कार सिध्याउने खेलमा धार्मिक ब्यक्तिहरुनै संलग्न भएको भन्दै शुद्धिकरण अभियान जारी रहेको छ । शुत्र,बार दिउँसो बानेश्वरमा भएको शुद्धिकरण अभियानमा त्रिशक्ति सिद्ध बाबाले हिन्दु धर्मको अस्तित्व हाम्रै धर्म गुरुहरुका कारण कम्जोर भए पनि कसैले खोस्न नसक्ने धारणा राख्नु भएको छ । उहाँले जोगी,पण्डित,स्वामी,महाराज, लगायतका मान पदवीमा बस्नेहरुका कारण समस्या भएको धारणा राख्नु भयो । उनिहरुको गलत कार्यलाई सुद्धिकरण गर्दै हिन्दुत्व रक्षाका लागि शुद्धिकरण अभियान देशब्यापी रुपमा लैजाने बताउनु भयो । कार्यक्रममा बोल्दै ब्यंकटेश्वर मन्दिरका पिठाधिष स्वामी पद्मधरा चार्यले १० जना ब्राम्हणहरुकै कारण देश संकटमा परेको बताउनु भयो । ऋषि मुनिका सन्तानहरु सिसी मुनी भैदिंदा देशमा संकट आएको उहाँको भनाई थियो । ब्राम्हणहरुले आफ्नो धर्मकर्म अनुसरण गर्ने हो भने देशमा शान्ती र बिकास कायम रहने उहाँको भनाई थियो । धार्मिक शुद्धिकरण अभियान अन्तर्गत आगामी शुक्रवार शान्तीवाटिका रत्नपार्कमा दिउँसो १ बजे कार्यक्रम हुने त्रि शक्ति सिद्धबाबा आध्यात्मीक केन्द्रले जनाएको छ ।