चक्रपथ सफाइ अभियान १००औ हप्तामा, सञ्चारखवरका सम्पादक दाहाल सम्मानित ।

0
19

चक्रपथ सफाई अभियान १००औं हप्तापुगेको अवसरमा आयोजित कार्यक्रममा सञ्चारखवर डट कमका सम्पादक प्रकाश चन्द्र दाहाललाई सम्मान गरिएको छ । चक्रपथ सफाई अभियानका समाचारलाई प्राथिकताका साथ संकलन तथा प्रकाशन गरेकोमा खुसि ब्यक्त गर्दै सम्पादक दाहाललाई सम्मान गरिएको अभियानले जनाएको छ । दाहाललाई नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल ज्युको हातबाट सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै झलनाथ खनालले समाजको सफाइ गर्न राजनितीक नेतृत्वले बाटो विराउन नहुने बताउनु भएको छ ।
चक्रथ सफाइ अभियान २०७१ले १००औं हप्ता पार गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समग्र देशलाई सफा र हराभरा बनाउन हरेक नागरिकको दायित्व भएको बताउनु भयो त्यसमा राज्यको नेतृत्वमा बसेकाहरुले उचित वाताबरण बनाइदिनु पर्नेमा जोड दिनु भयो । हरेक कुरामा राज्यको भर पर्दा परिणाम आउन नसक्ने बताउँदै उहाँले आ आफ्नो टोलको सफाइमा टोलवासीले ध्यान दिने हो भने देश सुन्दर बनाउन समय नलाग्ने उहाँको धारणा थियो । कार्यक्रममा बा्ल्दै सफाइ अभियानका संयोजक तारा बहादुर कुँवरले वाताबरण फोहोर गर्नेलाई कसैले बाँकी नराख्ने बताउँदै अव फोहोरीहरुको समय सकिएको धारणा राख्नु भएको थियो । संरक्षक श्री कृष्ण सिंखडाले अब बाताबरणीय सफाईले मात्रै निकास नआउने दावी गर्दै राजनितीक सफाइ गर्न कुचोको आवश्यकता देखिएको धारणा राख्नु भएको थियो । कार्यक्रममा पुर्व मन्त्री सांसद लगायत विशिष्ठ ब्यक्तिहरुको उपस्थिती रहेको थियो । सोही अवसरमा सफाइ अभियानमा योगदान दिन अभियन्ता तथा सञ्चारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।