भष्ट्राचारीलाई फाँसी दिन र राष्ट्रसेवकलाई उच्च सम्मान गर्न पनि राजा ल्याउनुपर्छ अध्यक्ष खड्का (भिडियो सहित) ।

0
361

शाही युवा शक्ती नेपालका अध्यक्ष पशुपति खड्काले राजत्रन्त्र फर्किएपछि ४६ साल पछि उच्च ओहोदामा पुगेका कर्मचारी र नेताहरुको सम्पत्ति छानविन गरी कारबाही गरीने बताएका छन् । राष्ट्रसेवक कर्मचारीको तलव तीन गुणा बढाउने र देश लुट्ने भ्रष्टहरुलाई टुडिखेलमा लाइन लगाएर गोली हान्ने बताएका हुन् । सञ्चारखवर सँगको कुराकानीमा अध्यक्ष खड्काले राजनीतिक परिवर्तनका लागि जनताले बिलदानी गर्नु पर्ने भएकाले जनताको सहभागीतामा छिट्टै राजसंस्था फर्कने दावी गरे । राजा फर्किए पछि जनताको शिक्षा र स्वास्थ्य सम्बन्धी अधिकार निशुल्क गर्ने पनि बताएका छन् । अबको राजा बिगतको जस्तो नभई जनताको सुख दुखमा साथ दिने किसिमको हुने पनि दावी गरे । खड्कासँगको विस्तृत कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।

भिडियो