हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव काठमाडौं ल्याइयो ।

0
162

१६ फागुन, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ ।
बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।बाँकी शव बिहीबार विहान ल्याइएको हो । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ ।