राँगोको आक्रमणबाट घाईते नायव सुब्वाको मृत्यु ।

0
115

फागुन ११ गते राँगोको आक्रमणमा परी घाईते भएका एकको मृत्यु भएको छ । चन्द्रागिरी न.पा ९ मच्छेगाउँ स्थित भाग्दै आउँदै गरेको राँगोको आक्रमणमा परि चन्द्रागिरि नगरपालिकामा कार्यरत नायव सुब्बाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौ चन्द्रागिरी नगरपालिका ५ महाँदेवस्थान बस्ने वर्ष ५२ को कान्छा श्रेष्ठ रहेका छन् । नायव सुवा श्रेष्ठको राँगोको आक्रमण पछि त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।अन्य घाईते मध्ये चन्द्रांगिरी न.पा ४ त्रिभुवन पार्क बस्ने वर्ष ४५ की देवि राना र चन्द्रागिरि नगरपालिकका ९ मच्छेगाउँ का वर्ष ८० को मान काजि महर्जन उपचार पश्चात डिस्चार्ज भई घर गईसकेका छन् । राँगोको अक्रमणमा प्रहरी हवल्दार सहित आधा दर्जन घाईते भएका थिए ।राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको थियो । आक्रमण गर्ने राँगोलाई थप क्षति हुनवाट वचाउन प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको थियो ।