चौधरी ग्रुपले ल्यायो नयाँ हर्लिक्स ‘माल्टोजीङ्ग’अन्य उत्पादन भन्दा सस्तो ।

0
218

काठमाडौं, चौधरी ग्रुपले नयाँ हर्लिक्स ‘माल्टोजीङ्ग’ नेपाली बजारमा ल्याएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी नयाँ हर्लिक्स ‘माल्टोजीङ्ग’सार्वजनिक गरेको हो । नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पी को प्रमुख आतिथ्यमा उत्पादनलाई सार्वजनिक गरिएको हो ।बजारमा रहेका अन्य उत्पादन भन्दा नयाँ हर्लिक्स ‘माल्टोजीङ्ग’ गुणस्तरिय रहनुका साथै मुल्य पनि सस्तो रहको कम्पनीका प्रमुख कार्यकारी अधिकृत होम न्यौपानेले जानकारी दिनुभयो । दुई फरक फ्लेभरमा नेपाली बजारमा आएको नयाँ हर्लिक्स ‘माल्टोजीङ्ग’ को मुल्य अन्य भन्दा पच्चीस रुपैया कम सस्तो रहेको छ । नेपालमा विद्यमान कुपोषण तथा पुड्को पनाको समस्यालाई पनि सम्बोधन गर्ने हेतुले उत्पादन गरिएको र मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कपोषणको समस्यालाई केहि हद सम्म कम गर्न सहयोग गर्ने कम्पनीका कार्यकारी निर्देशक पारश शाक्यले बताउनुभयो ।