लागुऔषध ओसारपसारमा युवाहरुको संलग्नता बढ्दो,नागढुंगा वाट लागुऔषध सहित शेर्पा पक्राउ ।

0
159

रोशन दानी काठमाडौं माघ २५महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गा स्थित चेकपोईन्टमा चेकजाँचको क्रममा जनकपुर बाट काठमाण्डौँ तफ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बसवाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सोलुखुम्बु सल्लेरी नगरपालिका वडा नं ५ घर हुुने वर्ष २० का छिरिङ्ग शेर्पा रहेको काठमाडौं प्रहरी परिसरका प्रवत्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले वताए ।

प्रवत्ता बोगटीका अनुसार शेर्पाले लिई आएको कालो रंगको झोला चेक जाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई लिई आएको लागु औषध नाईट्राभेट ४५० ट्यावलेट फेला परेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पक्राउ परेका शेर्पा विरूद्द आवश्यक अनुसन्धान पश्चात् लागुऔषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाईने वताए ।