सञ्चारकर्मी एवं मोडल पवन भट्टराईले अब चलचित्र खेल्ने ।

0
155

काठमाडौँ, २४ माघ । सञ्चारकर्मी तथा मोडल पवन भट्टराई नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । बुधबार मात्रै चिलचित्र निर्माण समुहले भट्टराईसंग सम्झौता गरेको छ । उक्त सम्झौतासंगै भट्टराईले महँगो पारिश्रमिक लिएको पनि खुलासा भएको हो ।

‘किराँती ईन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम भने निर्माण पक्षले अहिले खुलाउन चाहेन् । उक्त चलचित्रका निर्देशक बिश्चल किरातीले भट्टराईलाई भने आफूहरुले चाहेअनुसारकै लगानी गरेको खुलासा गरे ।

चलचित्रमा मुख्य कलाकारहरुको रुपमा रमित ढुंगाना, सोहित मानन्धर र पवन भट्टराईलाई अनुबंन्धित गरिसकेको निर्देशक राईले जनाए ।आगामी चैतको पहिलो साताबाट छायांकनको काम सुरु गर्ने तयारीमा आफूहरु जुटिसकेको पनि राईले स्पष्ट पारे ।

यद्धपी उनले चलचित्रमा नायिकाको अनुबन्धित भएको भन्नेबारे कुनै जानकारी गराएनन् । उनका अनुसार नायिका तथा बाँकी कलाकारको नाम बिस्तारै खुलाउँदै जाने निर्माण पक्षको योजना छ ।

नयाँ चलचित्रमा आफू अनुबन्धित भएको समाचार स्वयंम् भट्टराईले पनि आफ्नो समाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । केही दिन पहिले यसै चलचित्रको लागी नायक रमित ढुंगानाले १८ लाख पारिश्रमिक लिएको खबरले बजारमा चर्चा पाएको थियो ।