भेनस ब्राण्डको नयाँ कन्सट्रक्सन इक्वीपमेन्ट नेपाली बजारमा ।

0
30

माघ २४ काठमाडौ । भारतको इक्वीप्मेन्ट उत्पादक कम्पनी भेनसको नेपालका लागी अधिकारीक विक्रेता परिना इन्टरनेशनलले भेनस ब्राण्डको नयाँ इक्युप्मेन्ट मेसीन नेपाली बजारमा भित्राएको छ । राजधानीमा पत्रकार सम्मेलनको अयोजना गरी कम्पनिले भेनस ब्राण्डको नयाँ इक्वीपमेन्ट बजारमा ल्याएको जनाकारी दिएको हो । नयाँ इक्वीपमेन्ट पूर्व रुपमा स्वचालित प्रविधी जडित गुणस्तरीय र भरपर्दो रहेको कम्पनीले जनाएको छ । विभिन्न किसिमका निमार्णमूलक मेशिनहरु उत्पादन गर्दै आइरहेको भेनस ब्राण्डले नेपाल सहित एशियाली मुलुकका साथै अफ्रिकी महादेशहरुमा पनि आफ्ना उत्पादन विक्री गर्दै आइरहेको भेनस गु्रपका निर्देशक जिगर पटेलले जानकारी दिए । नयाँ इक्वीपमेन्टको मुल्य १० लाख देखी २ करोड मुल्य सम्ममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।