बैक विरुद्ध यसरी पोखियो उद्योगी व्यवसायीको आक्रोश (भिडियो सहित) ।

0
114

राष्ट्र बैकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले सरकारले पूँजीगत खर्च बढाउन नसक्दा समस्या भएको बताएका छन् । बैकहरु लगानीयोग्य रकमको अभाव हुनुमा सरकारको पूँजिगत खर्च बढ्न नसक्न्ु भएको उनको भनाई थियो । बैकहरुले निक्षेपको व्याजदर घटाएपनि कर्जा प्रवाहको व्याजदर नघटाउनु शंस्कास्पद भएको क्षेत्रीको भनाई थियो । क्षेत्रीले बैकले सर्वसाधारणको निक्षेपमा धेरै व्याज दिनुभन्दा विदेशी पैसावाल सँग सस्तो व्याजमा धेरै रकम लिन तर्फ बैकहरु केन्द्रीत भएको जस्तो देखीएको बताए । के बैकहरुले कालो धनलाई सेतो बनाउने खेल खेल्न लागेका हुन् भन्ने प्रश्नमा क्षेत्रीले त्यो अनुसन्धानको विषय भएको बताए । पूर्व अर्थसचिव युवराज भुषालले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन भएकोले सरकारले सोहीअनुसारको संरचनात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘सरकार साना तिना कुरामा नअल्भिएको भए हुन्थ्यो ।’
उनले वर्तमान अर्थमन्त्री आँफै विज्ञ र लामो समय यो क्षेत्रमा काम गरेर खारिएर आएको व्यक्ति भएकोले अहिले देखिएको बैंकहरुको व्याजदरको समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिए ।बैंकहरुको व्याजदरको समस्या सुन्दा कर्णप्रिय लागेको छैन , राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण पनि कमजोर बनेकाले समस्या भएको उनको तर्क छ । ‘नियमन फितलो भयो की भन्ने मेरो बुझाई हो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैकहरुको दादागिरीका कारण उद्योगी व्यावसायीहरु मारमा परेको बताए । उनले बारम्बार यस विषयमा सरकारलाई जानकारी गराएपनि ध्यान नदिएको बताए । उनले जिल्लागत तहमा नेपाल उद्योग बाणिज्य महासंघ अन्र्तगतमा जिल्ला संघहरुले बैकहरु विरुद्ध आन्दोलन नै गर्नुपर्ने अवस्था आएको र अब केन्द्रमा पनि आन्दोलन हुन सक्ने बताए । उनले बैकहरुले कर्जा प्रवाहमा धेरै व्याज लिने मात्रै नभई ऋण लिन पनि अनेक समस्या र दुःख दिने गरेको बताए । उनले नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा ऋण दिनेकी नदिने भन्ने निणर्य बैकहरुले एक मिनेटमै दिने प्रविधिको विकास भइसके पनि नेपालमा भने दशवटा पेपरमा ल्याप्चे ठोक्नु पर्ने बाध्यता रहेको बताए ।