डोलेश्वरमा चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।

0
62

भक्तपुर ।माघ २२ केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिमा बालहरि चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार भएको समितिको दशौं वार्षिक साधारणसभाले चालिसेको अध्यक्षतामा १७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।साधारणसभाले समितिको बरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतु, उपाध्यक्षमा मोहन गिरी, महिला उपाध्यक्षमा निर्मला सञ्जेल, महासचिवमा धर्मराज बस्नेत, सचिवद्वयमा विश्वराम थापा र हरिशरण बस्नेत, कोषाध्यक्षमा मोहन बल्ल तथा सह–कोषाध्यक्षमा दिलिप केसी निर्विरोध निर्वाचित भएका छन् ।यसैगरी ८ जना सदस्यका लागि भएको निर्वाचनमा कविराम थापा, राजनकाजी त्वाती, गीता थापा, बिनोद भट्टराई, सुनिता थापा, मुकुन्द शर्मा, केदार प्रसाद उपाध्याय र दिपक बस्नेत निर्वाचित भएका छन् ।