शहीद परिवार र घाईतेको बिचल्ली,शहीद दिवस औपचारकितामा सिमीत ।

0
159

शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा शहिद तथा घाइते परिवारले राज्यले अन्याय गरेको भन्दै शहीदको नाममा राजनिती नगर्न आग्रह गरेकाछन् । हरेक बर्ष माघ १६ गतेको दिन शहीदको नाम लिए पनि असली सहिदको अपमान भैरहेको उनिहरुले बताएका हुन् । राज्यले देशको लागि बलिदानी दिएका ब्यक्ति र सामान्य कारणले ज्यान गुमाएका ब्यक्तिलाई एउटै स्थान दिनुले शहीदको अपमान भएको उनिहरुको गुनासो थियो । रिपोर्टस क्लवमा आयोजित कार्यक्रममा पिडीतहरुको रुवावासी भएको थियो ।