रेष्टुरेन्ट र बारमा लाग्दै आएको १० प्रतिशत सेवा शुल्क हट्यो ।

0
217

माघ १५ काठमाडौ । नेपालका रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सेवा शुल्क नलिने निर्णय गरेको हो।व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न शेवा शुल्क बापत लाग्दै आएको सेवाशुल्क हटाउने निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले बताए ।यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडेर ग्राहक सँग अशुल्दै आइएको थियो । रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बारहरूमा यो निर्णय मंगलबार (आज) देखि नै लागू हुनेछ ।