राजा फर्काउनुको विकल्प छैन अध्यक्ष खड्का (भिडियो सहित) ।

0
125

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजा फर्कनुको विकल्प नभएको बताएका छन् । सुनसरीमा आयोजित जिल्ला भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले आफु र आफ्नो संगठन राजा सहितको हिन्दु राज्य कायम राख्न जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको बताँउदै आन्दोलनको आँधीबेहरीबाट राजा फर्काइ छाड्ने बताएका छन् ।संसदीय अभ्यासमा भैरहेको गतिबीधी प्रति चिन्ता ब्यक्त गर्दै खड्काले मियो बिनाको दाई गरे जस्तै अभिभावक बिनाको देशमा संबृद्धि सम्भव नभएको धारणा राखेका छन् । जिल्ला भेला मार्फत पुर्व राजा ज्ञानेन्द्र शाह निकट मानिएको शाही युवा शक्तिले कृष्ण कार्कीको नेतृत्वमा २१ सदसिय जिल्ला कार्य समिती गठन गरेको छ । देश ब्यापी संगठन विस्तारको क्रमममा रहेको शाही युवा शक्तिले माघ २० गते सुनसरीको इटहरीमापुर्व राजा ज्ञानेन्द्रको भब्य स्वागत गर्ने तयारी समेत गरेको छ ।