रवि लामिछानेले गरे अर्को विवाह (भिडियो सहित )।

0
889

माघ ७ काठमाडौ केही दिन पहिले मात्रै पहिलो पत्नि इशा श्रेष्ठ सँग डोभोर्स भएपछि चर्चामा आएका सञ्चारकर्मी रबी लामिछानेले अर्को विवाह गरेका छन् । उनले चलचित्रबोर्डकी अध्यक्ष तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेलकी छोरी निकिता पौडेल सँग विवाह गरेका हुन् । उनले अहिले गरेको विवाह भने कानूनी विवाह हो उनले बैशाखमा परम्परागत रुपमै विवाह गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेशबुक मार्फत आफुहरुले कोट म्यारिज गरेका सार्वजनिक गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्, ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभ कामना मात्र चाहन्छौ। रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा हिट टपिक बनेका थिए।