नेपाली अनुसन्धानकर्ता गौतमको दाबी,‘ग्राभिटी इन्जिन् निर्माणको नजिक पुगेको छु (भिडियो सहित) ।

0
210

काठमाडौं, २५ पुस । अमेरिकाको मिचिगन स्टेटमा बस्दै आएका झापाका भानुभक्त गौतमले ‘ग्राभिटी इन्जिन्’ निर्माणको नजिक पुगेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर विगत २७ वर्षदेखि उक्त विषयमा खोज, अनुसन्धान र अध्ययन गर्दै आएको बताउँदै आफु ग्राभिटी इन्जिन् निर्माणको अन्तिम चरणमा पुगेको दाबी गरेका हुन् ।

उनले आफुु सानैदेखि यस विषयमा खोज गर्दै अमेरिका पुगेको र दुवई, कतारका विभिन्न अमेरिकन ब्रान्च क्याम्पसमा कार्यरत प्राध्यापकसँग अनुसन्धान तथा अध्ययन गर्दै ग्राभिटी इन्जिन निमार्ण गर्ने लक्ष्यको नजिक पुगेको बताए । यो विषय नयाँ विषय होईन, विश्वका धेरै अनुसन्धानकर्ताहरुले खोज गरेका छन्, समय र लगानी लगाएका छन्, तर निरन्तरता दिन भने सकेनन्, यो मेरो दाबी हो, म यो प्रमाणित गरेरै छोडछु भनेर लागेको छु, ९सुत्र–फलिङ् रक० झरिरहेको ढुङ्गाको ९आँफै टिप्ने र आँफै खस्ने० उपकरण आविष्कार गरिसकेको छु ।’ उनले ग्राभिटी इन्जिन निमार्णको ७० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम पनि छिट्टै सक्के दावी गरेका छन् । उनले आफूलाई यसमा सफलता प्राप्त गर्न ‘प्रोफेश्नल डिजिटल ल्याब’ को खाँचो रहेको सुनाए ।

पेन्डुलमको साहराले बल संचित हुने कुरा बताउँदै अनुसन्धानकर्ता गौतमले ६५ केजीको डिभाइस सात फिटको लम्बाईमा डोरीको सहायताले झुण्ड्याउँदा त्यसलाई निरन्तर हल्लाईराख्न ४ देखि ५ केजीसम्म बल भए पुग्नेपनि सुनाए ।उनले विश्वका धेरै मानिसहरु असफल भएको र विज्ञानलेसमेत वास्ता नगरेको विषयलाई मैले उठाउने काम गरेको छु, गूरुत्वाकर्षणको सबैभन्दा ठूलो कमजोरी नै पेन्डुलम हो भनेर प्रमाणित गर्ने नेपाली बन्दै गर्दा राज्यले मलाई आवश्यक पर्ने आधारभुत कुराहरुमा साथ दिनुपर्छ भन्ने अपेक्षा आफुले गरेको पनि बताए । उनले आविष्कार गरेको ग्राभिटी बारेको विस्तृत जानकारी भिडियोमा हेर्न सक्नुहन्छ ।