माधव नेपाल माथि गम्भिर आरोप,राजा विरेन्द्र र मदन भण्डारीको अन्त्य गराउन उनैको हात छ !

0
370

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल माथि बामपन्थी नेता तथा विश्लेषक भरत दाहालले ४ गंभिर आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत यस्ता आरोप लगाएका हुन् । उनले राजा विरेन्द्रको सत्ता समाप्त गर्ने देखि मदन भण्डारीको निधन पछि पार्टीलाई एनजिओ करण गरेको जस्ता गम्भिर आरोप लगाएका छन् । उनले फेसबुकमा राखेको स्टाटस हामीले जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौ ।

एसिया प्यासिफिक समिटको योजनाकार माधव नेपालको परिचय

१ २०४६ मा इण्डियन सत्ताको इच्छा र त्यहाँको सेनाको सहयोगमा राजा वीरेन्द्रलार्इ समाप्त पार्नु पर्छ भनेर पार्टीमा प्रस्ताव लैजाने व्यक्ति।

२ मदन भण्डारीको हत्यापछि लगातार १५ बर्ष पार्टी कब्जा गर्न लगार्इएर एमालेलार्इ एनजिओ जालोका रूपमा परिणत गरेका व्यक्ति।

३ बहुमतको सरकार बनेपछि दासढुंगा हत्याकाण्ड छानबिनको प्रश्न उठ्दा त्यसलार्इ ुपुरानो कुरा कोट्याउन नहुनेु भन्दै दुत्कार्ने व्यक्ति।

४ आमाको कृयाकर्म गर्नुलार्इ अन्ध विश्वास भनेर नगर्ने तर मुक्ति प्राप्तिका लागि तस्करको विर्य मिसार्इएको वार्इन घुट्काउने व्यक्ति।