बिमान खरिदका भ्रष्ट्राचारीलाई ७ दिन भित्र कारबाही गरिने । (भिडियो सहित) ।

0
235

नेपालका लागि नेपाली नामक सामाजिक अभियानले सरकारलाई १५१ सुत्रिय माग पत्र बुझाएको छ । शुक्रबार प्रधानमन्त्री के पी ओलीलाई भेटेर नेपनल वायुसेवा निगमले खरिद गरेको भनिएको वाइडबडी जहाजमा भएको घोटालाकाण्डका दोषीलाई कारबाही गर्न र सो रकम जफत गर्न माग गरेको छ । ७ दिन भित्र आफ्ना माग पुरा नगरे आठौ दिन नागरिक आयोग गठन गरी आफैले छानविन गर्ने जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कार्यक्रमको बारेमा जानकारी गराउँदै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नागरिक आयोग जनअदालत जस्तो नभई घटनाको वास्तविकता बाहिर ल्याउने निकायमात्र हुने प्रष्टिकरण दिएका छन् । अभियानले निर्मला पन्तका हत्यारालाई सरकारले नै जोगाएको आरोप लगाउँदै त्यसको पनि आफुहरुले खोजी गर्ने जानकारी दिइएको थियो । १५१ सुत्रिय मागहरुमा संबिधान संशोधन गर्ने देखि १० बर्षे द्धन्द्धका क्रममा कब्जा गरिएका सम्पत्ति फिर्ता गराउने, उतिबेला लुटिएको बैकंको रकम फिर्ता गराउने र नेतहरुको सम्पत्ति सार्वनजिक गर्ने सम्मका रहेका छन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले संघियता देशको लागि अभिषाप भएको भन्दै संघियताको नाममा ठूला देखि साना सबै किसिमका नेताहरुले राज्यको ढुकुटीको ब्रम्हलुट गरेको आरोप लगाएका थिए । बाँकी भिडीयोमा हेर्न सक्नुहुनेछ ।