अमेरिकाका पूर्वराष्ट्रपतिको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

0
516

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अमेरिकाका पूर्वराष्ट्रपति  जर्ज डब्लु बुशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

“पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट म र मेरो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

स्वर्गीय बुशले नेपालमा प्रजातन्त्र पुनःस्थापनामा देखाउनुभएको सद्भाव सधै स्मरणीय रहेको काङ्ग्रेसले जनाएको छ ।

“स्वर्गीय बुशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकको घडीमा अमेरिकी सरकार, अमेरिकी जनता तथा स्व बुशको समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु,”विज्ञप्तिमा भनिएको छ ।