काठमाण्डौेमा बिप्लवको बिशाल प्रदर्शन,बादलले जोगाएको अपराधीलाई कारबाही गर्ने प्रकाण्डको उद्धघोष ।

0
215

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपालको कम्युनिष्ट आन्दोलन बिघटन हुुनुमा दलाल नेतृत्व मुख्य कारण रहेको बताएका छन् । एकिकृत पार्टी स्थापना दिवसको अवसरमा राजधानीको भृकुटिमण्डपमा आयोजित आयोजित सभालाई सम्बोधन गर्दै प्रकाण्डले अबको आन्दोलनले जनताले चोहेको शासन ब्यबस्था आउने बताएका छन् । उनले प्रचण्ड र ओली जस्ता पुँजीपति बर्गको नेतृत्वबाट देश र जनताले कुनै पनि राहत नपाउने बताउँदै परिवर्तनका लागि आफ्नो पार्टीलाई साथ दिन पनि अपिल गरेका छन् । राजनितीक दलका नेता धनी हुँदै जानु र उद्योग धन्दा धारासायी हुँदै जानुले नेताहरुलाई देशको भन्दा आफ्नै स्वार्थका लागि जनतालाई भ्रममा पारेको आरोप लगाए । उनले निर्मला पन्तका बलात्कारीलाई आफ्नै पार्टीले सार्वजनिक गर्ने समेत बताएका छन् ।

कार्यक्रममा पुर्न गठित एकृकृत माओवादीका अध्यक्ष गोपाल किराँतीले प्रचण्ड कम्युनिष्ट आन्दोलनको डाँका भएको आरोप लगाएका छन् । उनले डाँकाको सैलीमा पार्टीगत हित छाडेर ब्यक्तिगत लाभको पछि दौडने ब्यक्तिले देशको भलाई गर्न नसक्ने बताएका थिए ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले शहिदको सपना र आधुनिक समाजका जनताले चाहेको शासन ब्यबस्था ल्याउन सच्चा कम्युनिष्टहरुले अन्तीम पटक एकता गर्नु पर्ने बताएका थिए । कार्यक्रममा भाग लिन देशभरबाट हजारौ कार्यकर्ताहरु राजधानी आएका थिए ।