सरकारी जागिरे मोनिका बनिन् पहिलो मिस फारवेस्ट ।

0
219

कैलाली, २१ असोज । शनिबार राति सम्पन्न ‘मिस फारवेस्ट(२०१८) को उपाधि धनगढीकी मोनिका गुरुङले जितेकी छन् । शनिबार राति धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो स्थान कार्यम राखेकी हुन् । सरकारी जागिरेसमेत रहेकी २३ वर्षकी गुरुङले सव इन्जिनियर पदमा सिञ्चाई डिभिजन कार्यालयमा कार्यरत रहेकी छिन् । मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पूर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराएकी थिइन् ।
प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनर अप र दिव्या गैरे सेकेन्ड रनर अप भइन । फष्ट रनर अप ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनरअफ गैरेले नगद २५ हजार हात पारिन् । रोयल कोलाबरेसन प्रालि नेपालले आयोजना गरेको ‘मिस फारवेष्ट (२०१८) को निर्णायक पूर्व मिस नेपाल सुगारिका केसी, गायक तथा गीतकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।