रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने ।

0
200

ओखलढुङ्गा, २१ असोज । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडौं –रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताएका छन् । रुम्जाटारमा मङ्गलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार तयारी भइरहेको छ, जिल्लाको समृद्धिका लागि महत्वपूर्ण मानिएको यो विमानस्थल अब कुनै पनि बहानामा बन्द हुन नदिने बताएका छन् । उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने स्थानीयले जनाएका छन् । विभिन्न बहानामा नेपाल वायुसेवा निगम र विभिन्न निजी कम्पनीले भर्दै आएको उडान रोकिएको दुई वर्षपछि नेपाल एयरलाइन्सले सातामा एक दिन रुम्जाटारमा उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।