बडादशैँको आगमनसँगै स्याउको आयात बढ्यो ।

0
194

रसुवा, २१ असोज । बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् । गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ । दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । यसैगरी दशैँका लागि तयारी पोशाक, खेलौनालगायत सामग्री आयात बढेको छ । असोज १८ गतेसम्म एक अर्ब ६३ करोड राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृतले बताएका छन् । असोजको भन्सार शुल्क असुली लक्ष्य ५७ करोड २४ लाख रहेको छ । व्यवसायीले दशैँका सामग्री आयातमा तीव्रता दिएका कारण भन्सार शुल्क भारी मात्रामा बढ्ने देखिएको छ । तीसभन्दा बढी कन्टेनरको भन्सार मालवस्तु जाँच गरिएको छ । दैनिक ७० भन्दा बढी मालबाहक सवारी साधनको जाँच हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।