इन्डोनेशियामा विनाशकारी भूकम्पमा ज्यान गुमाउनेको संख्या १२ सय माथि ।

0
300

काठमाडौं, १६ असोज । इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको संख्या १२ सय नाघेको बीबीसीले जनाएको छ । यसअघिसम्म मृतकहरूको संख्या ८ सय ४४ पुगेको पुष्टि भएको थियो।

मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीले तटीय सहर पालुमा विध्वंस मच्चाएको छ।इन्डोनेशियाले मध्य सुलावेसीका लागि खाद्यपदार्थ, राहत सामग्री र ठूला उपकरणहरू जुटाउने प्रयास जारी राख्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ । उद्धारकर्मीहरूले पालु सहरमा भत्केका भवनको भग्नावशेषमा पुरिएका हुनसक्नेहरूको खोजी जारी रहेको बीबीसीले जनाएको छ ।