वीरगञ्जबाट लागुऔषधसहित एक पक्राउ ।

0
281

वीरञ्ज, ३ असोज । वीरगञ्जमा लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ । भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर रहेका छन् । कुँवरले भारतबाट नेपालतर्फ आउँदा झोलामा लुकाई राखेको अवस्थामा मोलिन २५ थान, वाइजा ल्याप २५ थान तथा फेनालगन २५ थानसहित पक्राउ परेका छन् । पक्राउ परेका कुँवरलाई लागुऔषधसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको प्रहरीले जनाएको छ ।