डडेल्धुराको पोखरामा भेटियो एक युवकको शव ।

0
200

डडेलधुरा, ३ असोज। डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन् । मंगलबार अमरगढी नगरपालिका वडानम्बर ६ का अन्दाजी २० वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन् । अमरगढी नगरपालिका–७ पारामेडिकल कलेज पोखरा नजिक रहेको खोलामा उनको शव फेला परेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएका छन् । शव अहिले पोष्ट मार्टमका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।