अपडेट, विषाक्त मदिरा प्रकरण : मृत्यु हुने नेपालीको संख्या छ पुग्यो ।

1
1099

क्वालालम्पुर, ३ असोज। मलेसियामा विषाक्त मदिरा सेवन गर्दा मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार १६ जना नेपली विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ भने अरु अझै उपचाररत छन् । मृत्यु हुनेमा धादिङ, बसेरी(३ का मिमबहादुर घले, रुपन्देही, मसिना(६ का रामकुमार यादव, डडेलुधरा, अमरगढी(५ का विशाल बुढाथोकी, सुनसरी, पश्चिमकुसाहा(९ का सन्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ छन् । अर्का मृतक आइत सिंह गोले हुन् तर, पहिचान खुल्न सकेको छैन ।

सोमबार सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गरेर नेपालीहरु विरामी परेको खबर आएपछि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल राति नै नेपालीहरु भर्ना भएको अस्पतालमा पुगेका थिए । पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया पूरा गरेपछि मृतकको शव सम्बन्धित रोजगारदाताको सहयोगमा पठाउन पहल भइरहेको नेपाली दूतावासले जनाएको छ । विषाक्त मदिराको स्रोतबारे मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।