विषाक्त’ मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीको मृत्यु ।

5
557

क्वालालम्पुर, २ असोज, । विषाक्त मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीसहित ७ जनाको मृत्यु भएको छ । कमाण्डर डाटुक माज्लान मान सोरका अनुसार मृत्यु हुनेमा चार नेपाली, एक मलेसियन, एक बंगलादेशी र एक भारतीय नागरिक छन् । १६ जना अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये १३ नेपाली छन् । ‘मृत्यु भएकाहरुको पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छौं’ कमाण्डर मानसोरले जानकारी दिएको छ ।