काठमाडौंको कलंकीमा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार ।

0
306

काठमाडौं, २ असोज । काठमाडौंको कलंकीमा २१ वर्षीय एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो। खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामूहिक बलात्कार भएको रहस्य खुलेको थियो।
प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ समेत गरेको छ । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट रालुकादेवी गाउँपालिका अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिकाका सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने रामकृष्ण नगरकोटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।