मुक्तक ।

2
205

न्यायको ढोकामा हात जोडेर रुवाबासी गर्दै गर्दा ।
ति निर्दाेष आखासँगै परेलीमा आशु भर्दै गर्दा ।
के गर्यो र गर्दैछ यो हाम्रो कानुन अनि सरकारले ।
रातैरात दुखेको घाउसँगै पिडामा जल्दै गर्दा ।

न्यायको लागि हरेक दिन आवाज गल्दै गर्दा ।
सरकारबाटै पटक – पटक मिति सर्दै गर्दा ।
सुस्त अनि अरुकै इशारामा छ यो सरकार ।
हरायो कानुन भन्दै मन बतास चल्दै गर्दा ।

(प्रसङ्ग निर्मला हत्याकण्ड )

सुनिता पुडासैनी