एशिया कप छनोटमा नेपाललाई पहिलो सफलता ।

1
243

१६ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले जित हात पारेको छ । यो नेपालको पहिलो जित हो । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो ।वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।नेपालको जितमा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ रनको योगदान गरे । यस्तै आरिफ शेख र ऐरीले साझेदारीमा १०१ रनको योगदान दिए । आरिफले बसन्त रेग्मीले आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे ।