अख्तियार पोखरा कार्यालयले गर्यो ६१ प्रतिशत उजुरी फछ्र्योट ।

0
325

पोखरा, ६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेका २ सय ४० र आर्थिक वर्ष २०७४–७५ मा नयाँ दर्ता भएका ४ सय ९३ सहित ७ सय ३३ उजुरीमध्ये ४ सय ४६ वटा फछ्र्योट भएको मङ्गलबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा जानकारी प्राप्त भएको छ ।

नवलपुर बाहेकका गण्डकी प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी ३ सय ४६ वटा उजुरी कास्कीमा परेको छ त्यसपछि क्रमशः पर्वतमा ८३, तनहुँमा ६२, स्याङ्जामा ६०, बागलुङमा ५५, लमजुङमा ४९, म्याग्दीमा ४१, गोखरामा २६, मुस्ताङमा चार र मनाङमा एकवटा मात्र उजुरी परेको छ । त्यस्तै आयोगको कार्यक्षेत्रअन्तर्गतको लुम्बिनीमा छ वटा मात्र उजुरी परेको थियो । यीमध्ये धेरै उजुरी परेको कास्कीमा २०० उजुरी (५८ प्रतिशत) फछ्र्योट भएको र थोरै उजुरी परेको मनाङमा (एक वटा मात्र) शत प्रतिशत फछ्र्योट भएको छ । उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तह त्यसपछि क्रमशः शिक्षा, स्वास्थ्य, सङ्घसंस्थामा रहेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको विकास गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको भन्दै आयोगको निर्णय कार्यान्वयनमा सञ्चारकर्मीको सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।