आपराधिक घटनामा न्यूनीकरण गर्न विशेष सुरक्षा ।

0
140

भद्रपुर, ४ भदौ । केही समययता यौनजन्य दुव्र्यवहार र अपराधका घटना वृद्धि भएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि  विशेष सुरक्षा नीति अपनाएको छ । अपराधका घटनामा प्रभावकारी रूपले अनुसन्धान गरी कानूनी दायरामा ल्याउन, अपराध तथा आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनका लागि एक महिने विशेष सुरक्षा नीति अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त नीति कार्यान्वयनका लागि २८५ प्रहरी खटाइएको साथै यौनजन्य घटना र त्यसका कारक तत्वबारे विवरण सङ्कलन गरी विश्लेषण गर्ने, घटना हुने वा हुनसक्ने ठाउँ पहिचान गरी निगरानीका जनशक्ति परिचालन गर्ने उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । यौनजन्य घटनामा सम्लग्न अभियुक्तलाई तत्काल पक्राउ गरी हदैसम्मको सजायका लागि सादा पोशाका ५०, मोटरसाइकल गस्ती गर्न १००, तलासीलिन ३५, पैदलगस्ती गर्न ३५ र अनुसन्धान गर्न १५ प्रहरी रहने जनाएका छन् ।

जिल्लाभरका इलाका प्रहरी तथा चौकीबाट परिचालन हुने व्यवस्थाको नेतृत्व गर्ने र अन्य सबै गतिविधिको परिचालन र अनुगमन प्रहरी गरी यस्ता क्रियाकलापले आपराधिक मनस्थितिका व्यक्ति निरुत्साहित हुने र यौनजन्य घटना विरुद्ध आम नागरिक थप क्रियाशील भएर आपराधिक घटनामा कमी आउने इलाका प्रहरी कार्यालयले बताएको छ ।