भक्तपुरस्थित चन्द्रबिनायक मन्दिरको संरक्षण गर्न समिति गठन ।

0
169

भक्तपुर, ३ भदौ । भक्तपुर सिपाडोल स्थित वडा नं ८ मा रहेको चन्द्रबिनायक मन्दिर प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । केदारनाथको शिर डोलेश्वर मन्दिरको नजिकै रहेको यो मन्दिरको संरक्षण र प्रर्वद्धनको अभावमा ओझेलमा परेको स्थानियबासिको गुनासो रहेको छ।। परापूर्वकाल देखिनै यो मन्दिर रहेको भएपनि यसको स्थापना कहिले भएको हो भन्ने तथ्य हालसम्म पनि फेला परेको छैन ।

लामो समयसम्म संरक्षणको अभावमा रहेको यो मन्दिरको ब्यवस्थापन गर्न स्थानीयहरु यति बेला जुटेका छन् । चन्द्रबिनायक मन्दिरको समग्र व्यवस्थापनका गर्न एक समिति गठन गरिएको छ । स्थानीयहरुको एक भेलाले चन्द्रविनायक मन्दिर निर्माण तथा संरक्षण उपभोक्ता समिति गठन गरी मन्दिरको समग्र व्यवस्थापनका साथ अघि बढ्ने गरी समिति गठन गरेका छन् ।

संरक्षण समितिका अध्यक्ष पदमा दीपक बस्नेतलाई चयन गरेको छ भने उपाध्यक्षमा यसोदा बस्नेत, सचिवमा निश्चल बस्नेत, कोषाध्यक्षमा बीना बस्नेतलाई बनोनयन गरेको छ ।सदस्यहरुमा हरि प्रसाद बल्ल, राजु थापा, विष्णु ज्यांख (पार्वती), राजाराम केसी, अनिल थापा, परशुराम दाहाल, जितबहादुर लिम्बु, रामशरण बस्नेत र नन्दुराम बस्नेत रहेका छन् ।