नेपाललाई ठूलो सफलता सोचवयर आर्टिफिसियल इन्टेलिजेण्ट विधामा बन्यो प्रथम ।

100
3565

अमेरिका, १० साउन । अमेरिका स्थित माइक्रोसफ्ट मुख्यालयमा आयोजित ‘इम्याजिन कप’ मा नेपालबाट सहभागी टीम सोचवयर आर्टिफिसियल इन्टेलिजेण्ट विधामा प्रथम हुन सफल भएको छ । विद्यार्थी माझ हुने विश्वव्यापी वार्षिक प्रतियोगितामा नेपालले ठूलो सफलता हात पारेको हो ।गत चैत्रमा मलेशियामा भएको एशिया प्रशान्त क्षेत्र स्तरको प्रतियोगितको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेसँगै सोचवेयर टीम यही जुलाइमा अमेरिकामा भएको विश्वप्रतियोगितामा भाग लिन गएको थियो । टिम सोचवेयर तीन युवा विद्यार्थीको समुह हो ।

सुचना प्रविधिले नै समाजको विकास गर्न सकिने विश्वास राखेका टिम सोचवेयरमा नेपाल इन्जिनियरिङ्ग कलेजका ईडा रिजाल, मदन भण्डारी मेमोरियल कलेजका शिशिर श्रेष्ठ र कलेज अफ इन्फरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङ्गका मिलन थापा रहेका छन् ।उनीहरुले एक सुचना प्रविधिको यन्त्रमार्फत कृषि क्षेत्रको समस्यालाई समाधान गर्ने प्रयत्न गरेका छन् । सो यन्त्रले कृषि, खेतिपातिमा लाग्ने रोगलाई उजागर गरी किसानलाई उपयुक्त समाधान र जानकारी दिनेछ । जसले गर्दा कृषिलाई स्वस्थ बनाउने र हाइजेनिक अन्न उत्पादन गर्न प्रेरित गर्दछ ।मानव स्वास्थ्य सँग जोडिएको अन्नलाई हाइजेनिक बनाउन सके मानवस्वास्थमा पनि सकरात्मक प्रभाव पर्ने टिमको विश्वास छ । यस संस्करणको विश्व प्रतियोगितामा ४९ ओटा टिमले भाग लिएका थिए ।