आजबाट आकस्मिकबाहेकका सेवा ठप्प,डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै ।

0
68

२९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् ।त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन एनआरडीए ले केसीको जीवनरक्षाको माग गर्दै आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्न लागेको हो । एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको एनआरडीएले जनाएको छ ।
१४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि उनका मागबारे सरकारीले कुनै सम्बोधन गर्ने प्रयास गरेकोे छैन । डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको केसीले ग्लुकोज पानी समेत खान मानेका छैनन् भने सरकारले काठमाडौ ल्याएर उपचार गर्ने र बार्ता गर्ने बताएपनि उनले काठमाडौ नजाने अडान लिएको उनका सहयोगीले बताएका छन् ।