पाकिस्तानमा आत्मघाती आक्रमणमा मर्नेको सङ्ख्या १३ पुग्यो ।

0
197

२७ असार, काठमाडौं । पाकिस्तानमा आत्मघाती हमला हुँदा १३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।

आक्रमणकारीले एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी एएनपीका नेता हारुन बिलोरसहित १३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नेता बिलोर कार्यक्रमको स्टेजमा उक्लिनासाथ आत्मघाती हमला भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको पाकिस्ताननी
अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।