भारतको फेरी अर्को अघोषित नाकाबन्दी ।

0
229

असार ११ विदेश माल्दिभ्सको नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तदा बढेको छ । दुई मुलुकबीचको सम्बन्धमा चिसोपना आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यकीय सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ ।

भारतले निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल गहुँको पिठो निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको छ ।मल्दिभ्सले आफ्ना लागी आवश्यक पर्ने सबै खाद्य सामग्री आयात गर्दै आएको छ ।चीनले माल्दिभ्सको पर्यटन र भौतिक संरचनाका क्षेत्रमा उल्लेखनीय लगानी गरिरहेको छ ।त्यसैको सजाय स्वरुप भारतले खाद्य सामग्री निर्यातमा कटौती गर्न थालेको हो ।