कोरिया जान भाषा सँगै सीप परिक्षा पनि अनिवार्य उत्तीर्ण हुनुपर्ने ।

809
7496

काठमाडौं। दक्षिण कोरियाले सन् २०२० बाट नेपाली कामदारका लागि सिपमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको छ । कोरियाले सन् २०२० देखि नेपाली कामदारका लागी सिप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको हो । यस अँघिनै मानव संशाधन विभाग कोरियाले कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको छ ।
यसप्रणाली अनुसार अब रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरेर कोरिया जान आगामी वर्षसम्म मात्रै पाइने छ । सन् २०१९मा भने अहिलेकै प्रक्रिया अनुसार कोरिया जान पाइने इपीएस कोरिया शाखाले जनाएको छ ।

नयाँ प्रणाली आएपछि भाषा परिक्षा र आफुले सिकेको सीपको पनि परिक्षा अनिवार्य रुपमा उर्तीण गर्नुपर्ने छ । अन्यथा कोरियन भाष पास गरेर मात्रै कोरिया जान पाइने छैन ।
कोरियले सन् २०१९ देखि नै नेपाली युवाको सिप क्षमता पनि परीक्षण गरेर लैजाने घोषणा गरेपनि तयारी नपुगेको भन्दै एक बर्ष पछि सारेको हो ।