नेपाल बायुसेवा निगमलाई जोगाउने हो भने स्वायत्त बनाउनु पर्छ : क्याप्टेन घिमिरे ।

0
3115

नेपाली समाजमा एउटा आशिर्वाद चर्चामा छ आफुभन्दा ठूलाले सानालाई भन्ने गर्छन् ठूलो मान्छे भएर कि डाक्टर बन्नु कि पाईलट । तर पछिल्लो समय हवाई दुर्घटनाका कारण नेपालमा पाईलट पढ्नेहरुको अभाव देखिएको छ भने भएका पाईलटहरु पनि बिदेश पलायन भैरहेका छन् । राष्ट्रिय ध्वजा बाहक नेपाल बायु सेवा निगमले निजी क्षेत्रसंग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल बायु सेवा निगम धारासायी अवस्थामा पुगेको छ । पाईलटहरुलाई राम्रोे सेवा सुबिधा दिन नसक्दा भएका बिमानहरु पनि उड्न सकेका छैनन् जस्ले घाटा बढाईरहेको छ । नेपालमा किन पाईलटहरुको अभाव बढिरहेको होला ? खासमा समस्या कहाँ छ ? नेपाल बायु सेवा निगम निगमलाई सुधार्न सकिएला की यस्तै दयनिय अवस्थका कारण अन्त्य होला यस्तै जिज्ञासाका साथ हामीले नेपाल बायु सेवा निगमको इतिहासमा पहिलो पटक गोल्ड मेडल बिजेता क्याप्टेन उद्धव घिमिरेसँग कुराकानी गरेका छौ । प्रस्तुत छ सञ्चारखवरका सम्पादक प्रकाश चन्द्र दाहाल र घिमिरे बिचको अन्तरंग कुराकानी ।

पाईलट हुनु पुर्व आकाशमा उडेको जहाज हेर्दा बिभिन्न प्रश्नहरु उठ्थे होला नी ?

उठ्थे,उतिबेला म पाईलट भगवाननै हुन भनेर ढोग्ने गर्थे,कस्ता मान्छे
ले जहाज उडाउँछन् होला ? यो कसरी उँड्छ होला ? कहाँबाट आएको होला कस्ता मान्छेको छोराहरु होलान् ? हामी त पाईलट बन्न सक्दैनौ होला भन्ने लाग्थ्यो । तर सकिँदो रहेछ ।

जव पाईलट बन्नु भयो त्यस पछि ति प्रश्नको उत्तर कस्तो पाउनु भयो ?
पहिले जे सोचेको थिए त्यो गलत रहेछ क्षमता भएको मान्छे र मेहनती मान्छे जस्तो ठाउँमा पनि पुग्न सक्दो रहेछ भन्ने,त्यहाँ धनी र गरिवले असर पार्दोरहेनछ भन्ने मैले पाए । मेरो उति बेलाको बुझाई गलत रहेछ भन्ने लाग्यो । म जव पाईट बने त्यस पछि उदाहरणको पात्र बने । किनकी म एसएलसी पास गरे पछि मात्रै गाडी देखेको मान्छे आज यो स्थानमा छु यहि नै मेरो जिवनको सन्तुष्ठि हो । यो मैले सपनामा पनि सोचेको थिइन आज म पुरै खुसि छु ।

तपाई खोटाङको एउटा गाउँमा जन्मिएको मान्छे, पाईट बन्नु पर्छ भन्ने पहिले देखि कै योजना थियो की पछि आएर त्यस्तो सोच आयो ?
म एसएलसी दिएर काठमाण्डौ छिरेको मान्छे एम बि बिएस को तयारी गर्दै थिए त्यति बेला म बिजुली बजारमा बस्थे एउटा चिया पसलमा पत्रिकामा नेपालमा पाइलटको खाँचो भन्ने समाचार देखें त्यही समाचारले मरो जिवनमा यु टर्न ल्याई दियो । मलाई बा र दाजुले डाक्टर बनाउन चाहनु हुन्थ्यो, तर दुई दुई पटक प्रयास गर्दा पनि मैले फ्रि स्कोलर सिपमा नाम निकाल्न सकिन, घरबाट पढ्नलाई बिदेश नपठाउने नेपालमा एमबिबिएसको नाम निकाल्न नसकिने सोही कारणले म पाईलट बनें । म पाईलट बन्नुमा पत्रिकामा छापिएको न्उु नै मुख्य कारण हो ।

नेपालमा केही समय अघि सम्म छोरा तिमी ठूलो भएर डाक्टर बन्नु पर्छ नभए पाईलट त हुनै पर्छ भन्ने चलन थियो तर पछिल्लो समय पाईलटको भविष्य छैन कतिबेला दुर्घटना पर्ने हो थाहा छैन भनेर प्रश्न उठ्ने गरेको छ तपाई के भन्नु हुनछ ?
अब दुर्घटना भन्ने कुरा जुन कुनै सेक्टरमा पनि हुने गर्दछन् । जस्तै रोडमा हुने दुर्घटना भन्दा त जहाज दुर्घटना निकै कम हुने गरेका छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने पहाड र मौषमको कारणले बेला बेलामा दुर्घटना हुने गरेका छन् । हाल सबै एयर लाईन्सहरुले सेफ्टीलाई प्राथमिकता दिएका छन् । हामी जन्म मै म अर्थात् मृत्यु लिएर आएका छौ दुर्घटना त जुन कुनै बेला हुन सक्छ जन्म र मृत्यु शास्वत हो डराउन भएन । मलाई घरमा बस्न भन्दा जहाजमा सुरक्षित हुन्छु जस्तो लागि सक्यो । म आज सम्म ५ हजार घण्टा भन्दा बढि समय उडिसकेको छु ।

जहाजमा बस्दा र घरमा बस्दा कस्तो फरक महसुश हुन्छ ?
मलाई घरमा बस्दा के गरौ केरौं हुन्छ । जहाजमा म क्याप्टेन भएर बस्दा मेरो काँधमा सबै जिम्मेवारी हुन्छ । प्यासेन्जर,क्यावीन क्रु प्यासेन्जर र सिंगो जहाज मेरो हातमा हुन्छ म अत्यन्तै साबधान रहन्छु । मेरो जहाजमा चढ्ने सामान्य मानिस र देशको प्रमुख ब्यक्ति नै भए पनि मेरा लागि दुबै किसमिका मानिस समान हुन्छन् मेरो दायित्व भनेको सबैलाई सुरक्षित रुपमा गन्तब्यमा पुर्याउनु हो ।

पहिलो पटक प्लेनको स्टेरिङमा बस्दाको अनुभव स्मरणमा छ ?
पहिलो पटक म फिलीपिन्सको मनिलामा बसेको त्यतिबेला मलाई सिक्न भन्दा पनि जहाजमा चढेर बाहिरको दृश्य हेरेर रमाउन थाले । मैले त्यसको दुई तिन घण्टा पछि मात्रै ध्यान दिएर सिक्न थाले र सफलता पुर्वक तालिम सकाए । अहिले मलाई आकाशको राष्ट्रपति मै हुँ भन्ने लाग्छ कीन की देश चलाउने राष्ट्रपतिले गल्ति गर्यो भने गल्ति सच्चाउन पाउछ तर आकाशको राष्ट्रपतिले गल्ति सच्चाउने अवसर नै पाउँदैन । त्यसैले हामीले गल्ती गर्न पाउँदैनौं ।

तालिम सकाएर नेपाल आए पछि प्लेन उडाउने बेलामा नेपालको पहाड र परिवर्तन भैरहेने मौषम हेर्दा मनमा डर अथवा नकारात्मक भाव आयो की आएन ?
आएन म आज सम्म कहिल्यै पनि डराएको छैन । जहाज चलाउँदा मात्रै होइन अरु कुनै पनि कारणले जिन्दगीमा डर भन्ने लागेकै छैन । किनकी मैले जहाज उडाउँदा धेरै च्यालेन्जहरु भोगेको छु । संसरको सबैभन्दा च्यालेन्जेज एयरपोर्ट भनिएको लुक्लाबाट उडान सुरु गरेको हुँ । लुक्ला र जोमसोम नेपाली आकाशको अलि च्यालेन्जेज गन्तब्यहरु हुन् मलाइृ त्यस्ता ठाउात सजिलो लाग्छ भने अन्त्र जहाज उडाउँदा मैले सबैभन्दा धेरै २ हजार घण्टा त लुक्ला मै उडान भरेको छु । पोखरा भैरहवा उडान भर्दा त मलाई आनन्द आउँछ । यो १२ बर्षको अनुभवमा धेरै च्यालेन्ज भोगकोले मलाई हिजो आज निकै सजिलो र आनन्द लाग्छ ।

सडकमा गुड्ने गाडी चालकले आफ्नो इच्छा अनुसार दौडाउँछ भने तपाईले प्लेन चलाउँदा पनि आफ्नै इच्छा अनुसार उडाउन पाउनु हुन्छ ?

पाईदैन बिमानको निश्चित स्पीड हुन्छ । जहाज अनुसार स्पिड हुन्छ हर्स पावर हुन्छ । जहाजको स्पिड पाईलटले नियन्त्रण गर्ने हो । वादल भित्र छिर्दा बाटो कसरी देख्ला ? डाँडामा ठोक्कीने हो की भन्ने समस्या हुँदैन, ककपिटमा बिभिन्न इन्डिकेटरहरु हुन्छन् । जिपिएस सिस्टम हुन्छन् म्याग्नेटिक कम्पासबाट हेरेर नै प्लेन उडाइन्छ ।

जहाज चलाउँदा पाईलटहरुले पुर्व जानकरी लिएर सर्तक हुनु पर्ने बिषयहरु के के हुन् ?

जहाजको प्राबिधिक अवस्था कस्तो छ भन्नेमा पाईलट नै सजग हुनु पर्छ कहिं कतै समस्या छ जस्तो लागेका उडाउनु अघि प्राबिधिक परिक्षण गर्नु पर्छ । नेपालको मौषम परिर्तन भैरहन्छ,पहाडहरुबाट जोगिनु पर्छ,एयर ट्राफिकमा ध्यान दिनु पर्छ,पाईलट एक्दमै सर्तक हुनु पर्छ । हामी सँग एउटा मात्रै एयरपोर्ट छ ट्राफिक धेरै हुने भएकाले कम्युनिकेशनमा ध्यान दिनुु पर्छ । आफ्नो जिम्मेवारी स्मरण गर्नु पर्छ । यात्रुहरुलाई सम्मान गर्न जान्नु पर्छ म त पाईलट हो अरुको के मत्लव भन्ने जस्तो घमण्ड गर्नु हुँदैन ।

टावर सँगको कम्युनिकेशनमा समस्या आयो भने कसरी सम्बन्ध स्थापित गर्नु हुन्छ ?

कहिले काँही त्यस्तो हुन्छ त्यो अवस्थामा आकामा नजिक भएका अरु जहाज मार्फत आफुनो समस्या सेयर गर्ने त्यस पछि उहाँहरुले टावरमा भनिदिनु हुन्छ, सोही प्लेनबाट आएको निर्देशन अनुसार जहाल ल्याण्ड गर्ने हो । प्लेन टु प्लेन कम्युनिकेशनबाट पनि आफु सुरक्षित हुन सकिन्छ ।

यो १२ बर्षको अनुभवमा कस्तो कस्तो रिक्स फोस गर्नु परेको अनुभव छ ?

मौषमका कारण ४ हजारको उचाईमा उडिरहेका जहाजलाई १५ सयमा झारेको छु । आफ्नो नियन्त्रणबाट बाहिर गएको जहाजलाई निन्त्रणमा लिएको छु । उडिरहँदा समस्या आएर आकस्मिक ल्याण्ड पनि गरेको छु । हाइडोलीक फेल भएर ल्याण्डीङ गियर नझरेर समस्या भोगेकोछु । टेक अफ पोइन्टमा पुग्दा लाईटहरुको कारण फर्किएको अनुभव पनि छ । टेक्नीकल समस्या आयो भने क्याप्टेन चनाखो हुनु पर्छ हजाज खस्ने भन्ने हुँदैन । बिकल्प सोच्नु पर्छ आत्तिनु हुँदैन । क्याप्टेन निडर हुनु पर्छ । तत्काल निर्णय गर्न सक्ने क्षमता हुनु पर्छ ।

नेपालमा हवाई जहाज दुर्घटना हुनुका कारणहरु के के देख्नुहुन्छ ?

नेपालमा हुने गरेका जहाज दुर्घटनामा मरेका पाईलटलाई दोस लगाउने गरेको पाईन्छ । किन की उ बोल्न सक्दैन । मानविय कम्जोरी नहुने होइन हुन्छन् तर सत प्रतिसत मानविय कम्जोरीले मात्रै जहाज दुर्घटना हुँदैनन् । पहाडी क्षेत्रमा २ मिनेटमा मौषम परिवर्तन हुने गर्छन् । आँखाले हेरेर रन वे मा ल्याण्ड गर्नु पर्छ । पहाडी बिमानस्थलमा न त लाईट हुन्छ न त हावा नाप्ने मेसिन नै, हामी त झण्डा हेरेर अन्दाजको भरमा बिमान चलाउनु पर्छ । हामीले जति च्यालेन्ज कुनै पनि देशका पाइलटले भोग्नै पर्दैन । बिग्रिएको जहाज कसैले पनि उडाउँदैन । अर्को कुरा जहाज कहिल्यै पनि पुरानो हुँदैन । निश्चिित घण्टा पछि पार्ट पुर्जा चेन्ज गरिन्छ । कुनै पनि एयरलाईन्समा प्रेसरमा जहाज उडाईदैन । बिग्रेको जहाज उडाएर दुर्भटना भयो भन्ने सबै हल्ला मात्रै हो । जहाज उडाउनु भन्दा पहिले इन्जिनियरले परिक्षण गर्छ ,पाईलट आफैले अन्तीम निर्णय गरेर लग बुकमा हस्ताक्षर गरे पछि मात्रै बिमान उडाइने हुँदा बिमान दुर्घटना हुने कारणहरुमा हामीसँग सुबिधाहरु छैनन् । बिमानस्थलमा सुबिधा थप्न जरुरी छ ।

 नेपाली आकाशलाई डेन्जर जोन भनिन्छ तपाईको अनुभवमा यो डेन्जर जोन नै हो वा होइन ?
नेपाली आकाश डेन्जर जोन हुँदै होइन यो विल्कुल हल्ला मात्रै हो । किन भने सावधान त बाइक चलाउँदा पनि गर्नै पर्छ । साबधान गरियो भने नेपाली आकाश सुरक्षित छ हल्लाको पछाडी लाग्न पर्दैन ।

नेपाली आकाश सुरक्षित छ भन्दा भन्दै पनि दुर्घटनाहरु भैरहेका छन् । दुर्घटना पछि ब्लाकबक्समा भएको रेकर्डलाई आधार मानिन्छ,ब्लाकबक्स के हो, र त्यसमा त्यस्तो के हुन्छ ?

ब्लकबक्सले अन्तीम सि भि आर अर्थाक ककपिट भ्वाइस रेकर्डरको रुपमा काम गरिरहेको हुनछ । पाईलटले अन्तीम पटक के बोलेको थियो,प्राबिधिक समस्या के आएको थियो,टावरसँगको कुराकानी के भएको छ भन्ने रेकर्ड ब्लाकबक्समा हुने भएकाले त्यसैको आधारमा अनुसन्धान गरिन्छ । लुक्लाको दुर्घटान हुनुमा पाईलट पारसको गल्ती देखाइयो । आज सम्म लुक्लामा १२ वटा भन्दा धेरै दुर्घटना भैसकेको छ । सो केसमा सरकारले के सुबिधा दिएको छ त्यो पनि हेर्नु पर्यो नी जहाँ हावा मापन गर्न कुनै प्रबिधिको बिस्तार गरिउको छैन । बिश्व बजारमा कस्ता कस्ता प्रबिधि आइसके तर हामी झण्डा हेरेर अनुमानका भरमा बिमान चलाउनु पर्ने अवस्था छ ।

नेपालमा पाईलटको अभाव बढ्दै गएको छ, पाईलट पढ्न चाहने युवाहरुको संख्यामा कमी आउनुको कारण तपाई के देख्नु हुन्छ ?

मुख्य त हाम्रो निति नै गलत छ नितिगत सुधार बिना हामी एभिएसन सेक्टरलाई बिकसीत गराउन सकिँदैन । प्रबबिधिक बिकास र बिस्तार गर्नु पर्छ । डाँडालाई छलेर जा भनेको भरमा बिमान उडाएर यो सेक्टरको बिकास हुन सक्दैन । बिषयबस्तुको जानकारी नभएका ब्यक्तिहरु मन्त्री हुन्छन् ६ महिना आउँछन् आफ्नो दुनो सोझ्याउँछन् जान्छन् । उनिहरुले खाली बिज्ञ समेत चिन्न सक्दैनन् । आफन्तको भर्ती केन्द्र मात्रै बनाउँछन् । त्यसको लागि भिजन भएको मानिसको अभाव छ । हालका एम डि सुगत सरले चाहेर पनि परिर्वतन गर्न सम्भव छैन त्यसमा निती नै बाधक छ ।

नेपालमा पाईलट अभाव हुनुका कारणहरु के देख्नु भएको छ ?

नेपालमा पाईलटको धेरै अभाव छ । पाईलट उत्पादन गर्न ७ ,८ बर्ष लाग्छ नेपालमा सुबिधा खासै छैन, तलव पनि थोरै छ । त्यस कारणले पाईलट त अन्तराष्ट्रिय जव हो नी त त्यसैले भारत जाने,इण्डोनेसिया लगायतबा देशमा जाने गरेका छन् । म सँगै आएका १५ जना पाईलटमा अहिले माआी ४,५ जनामात्रै बाँकी छौ । नेपाल एयरलाईन्समा अझ सुबिधा नै छैन भन्दा पनि हुन्छ । जहाजले कमाउने भनेको जहाज उडाएरै हो तर नेपाल बायुसेवा निगमका जहाजहरु ७० प्रतिशत उडान गर्न सकेका छैनन् । पाईलट नभएर जहाज थन्किएर बसिरहेका छन् भएका पाइलटहरु भटाभट जागिर छोडेर हिंडिरहेका छन् यस्ले त सरकारी लगानी धारासायी मात्रै बनाउने हो पाइलट खुसि भयो भने त एउटा फ्लाईटबाटै अस्लाई धेरै सुबिधा दिन सकिन्छ अरु फ्लाईटबाट आउने कमाई त राज्यलाई नै हो नी । त्यसैले पाईलटलाई सुबिधा दिने हो भने नेपाल वायुसेवा निगमसँग अरु कुनै पनि कम्पिनीले प्रतिस्पर्धा नै गर्न सक्दैन । प्लेन जति उडायो त्यती नै कमाउने हो । सरकार जहाज थन्काउन तयार छ प्लेन उडान होइन त्यसले घाटा मात्रै बढाउने हो ।

पाईलट बन्न चाहने भावी पुस्तालाई के भन्नु हुन्छ ?
दुर्घटना हुन्छ मरिन्छ भन्ने डर लाग्छ भने पाईलट नपदा पनि हुन्छ आँट गर्नु डराउनु पर्दै न । मेरा गुरुहरुले ३०,३५ बर्ष देखि जहाज चलाई रहनु भएको छ ।

नेपाल एयरलाईन्सको ६० बर्षको इतिहासमा तपाईले काम गरेको ३ बर्षको अवधिमा के त्यस्तो चमत्कार गर्न भयो र गोल्ड मेडल पाउनु भयो ?
चिन सरकारसंग भएको सम्झौता बमोजिम चिन बाट आएका जहाजमा एन ए सिका ४ जना मध्ये ३ जनाले जहाज ठिक छैन भनेर उडाउन छोड्नु भयो मैले एक्लैले जहाज निरन्तर नौ महिना सम्म फ्लाईट डिले नगरि  उडाए कुनै पनि फ्लाईट क्यान्सिल गरिन त्यसबाट २ अरब रुपैया घाटा हुन बाट जोगियो यो नेपाल एयरलाईन्सको इतिहासको चमत्कार नै हो । मैले प्लेन नचलाएको भए त्यो प्लेन थन्किन्थ्यो । त्यही कामको कदर गर्दै मलाई गोल्डमेडल दिइयो । गोल्ड मेडल पाउँछु भन्ने थाहै थिएन अघिल्लो दिन अफिसबाट फोन आयो भोलीको कार्यक्रममा पाईलटको डे«स मै आउनु भनियो । बार्षिक उत्सवको दिन १४ सय कर्मचारी मध्ये मलाई उत्कृष्ठ पाईलट भनेर गोल्ड मेडल पाउँदा हलमा गड्गडाहट तालि बज्दा मेरो जिन्दगीको सबै धन्दा खसिको क्षण बनेको मैले अनुभव गरे । यो खुसिले मेरो जिन्दगीका दुखलाई बिषाई दियो ।

नेपालको राष्ट्रिय ध्वजा बाहक बिमान ६० बर्षमा आईपुग्दा धारासयी अवस्थामा नै रहनुमा कस्को दोष देख्नु हुन्छ यस्लाई सुधार गर्न सकिन्छ की सकिँदैन ?

यो बिषयमा कर्मचारीको दोष छैन । पर्यटन मन्त्रालयको नितगित कम्जोरीका कारण यो अवस्था आएको हो । सरकारले जहाज थप्न दिएको भए आजको अवस्था आउने थिए । सुगत रत्नकंसाकार जस्तै नेतृत्वलाई अधिकार दिने हो भने परिवर्तन सम्भव छ उहाँ कै नेतृत्वमा जहाजहरु थपिएका हुन । अर्को कुरा जहाजको एउटा पार्ट किन्न पर्यटन मन्त्रालय धाउनु पर्ने,अर्थ मन्त्रालय धाउनु पर्ने जहाज महिनौ थन्काउनु पर्ने यो अवस्था रहँदा सम्म परिवर्तन हुदैन । स्पेयर पार्ट स्टक राख्नु पर्यो । खरिदमा तलमाथि भयो भने छानविन गरेर कारबाही गरे भैहाल्यो नी । हामी कहाँ जब बिमान बिग्रन्छ तब फाईल उठाएर पर्यटन देखि अर्थ मन्त्रालय पठाउँदा २,३ महिना बिमान थकिएर बस्छ यो अवस्थाको अन्त्य गर्न निगमलाई स्वायत्त बनाउनु पर्छ । पाईलटले तलव नपाउने अवस्थाको अन्त्य गर्नु पर्छ,अरु बिमान कम्पनीले जस्तै सुबिधा दिने हो भने समस्या नै रहँदैन । जब सम्म यि बिषयमा सुधार गर्न सकिदैन तव सम्म परिवर्तन नखोजे हुन्छ । पाईलटले तलव कहिले बढ्ला भनेर कुर्न सक्दैन प्राईभेटले दिने सुबिधा राम्रो छ भने पाईलट त उतै जान्छ नी ।

अहिलेकै टिमलाई स्वायत्त बनाइयो भने परिवर्तन हुन्छ त ? 

हुन्छ,निगम स्वायत्त संस्था भयो भने ६ महिनामा नसोचेको स्थानमा पुर्याउन सकिन्छ । कंशाकार सर आए पछि जे परिवर्तन भयो त्यतिले मात्रै पुगेको छैन । अझ धेरै परिवर्तन गर्न सकिन्छ । सरकारले हस्तक्षेप गर्नु हुँदैन । यस्को लागि कानुनमा परिवर्तन गर्नु पर्छ यस्को बिकल्प छैन । अब पर्यटन मन्त्रालयको नेतृत्वमा आउने ब्यक्तिले नितीगत सुधार गर्छु निगमलाई उचाइमा पुर्याउँछु भन्ने सोच बोकेर आउनु पर्छ अन्यथा कुनै परिवर्तन सम्भव छैन । निगम भित्रको आन्तरिक राजनितीले खासै असर पारेको छैन ।