अमेरिकी संस्कारले खोसेको मेरो खुसि ।

0
1118
रातको समय थियो म मस्त बिस्तारामा पल्टीएर मोवाईलमा फेसबुक चलाईरहेको थीए अचानक एउटा फेसबुकका मित्रले फोन गरे उनको फोनका कारणा म अलमलमा परे उसको फोन मेरालागी अनौठो थीयो । सुरुमै ति ब्यक्तिले हालखवर सोधे अनि मैले पनि उनका बारेमा सोध्न थाले बिचरा बिदेशी भुमीमा नेपालीले गरेको संघर्ष प्रत्यक्ष भोगेका ब्यक्ति उनको कथा मलाई निकै रोचक लागीरहेको थीयो । उनले भने आज भन्दा २७ बर्ष अगाडी अमेरीका आएको हुँ । अनि मलार्इ जिज्ञासा लाग्यो र उनका थप कथाहरु केलाउने चेष्टा गरे उनले आफ्ना कथा निकै उत्साहका साथ सुनाउन सुरु गरे म कथा सुन्न मस्त बने ।
“मेरो बुबा राजघराना संग नजिक हुनुहुन्थ्यो । त्यसैले मलार्इ पैसाको अभाव थीएन सो समयमा नेपालमा नारी शिक्षाको बिरोध हुने गर्दथ्यो उतिबेला पनि मेरी आमाले भारतमा उच्च शिक्षा हासिल गर्नुभएको थीयो , त्यसैले हामी समामा शिक्षीत बर्ग मा गनिएका थियौं । मेरो आमा बुबाको एउटै सपना थियो मलाई एउटा असल कुल घरानाकी छोरी बिहे गरीदिने । मेरो बिबाह गर्ने उमेर नजिकिदै थीयो त्यो बेलामा केटाकेटीको सानै उमेर ठ्याक्कै यति हुनुपर्छ भन्ने थीएन केटाका जुगाँका रेखीहरु बसेपछि बुहारी खोज्न बाबा आमलाई हतार हुन्थ्यो । कुल घराना बुझ्न सुरु हुन्थ्यो मेरो जिवनमा पनि त्यस्तै भयो जव मेरा जुगाँका रेखीहरु देखीन थाले मेरो घरमा अनि आफन्त र नजिककाले मेरालागी जिवनसंगीनि खोज्न धेरै केटीहरुको परीक्षा लिने गरेको मैले प्रत्यक्ष देखे ।
धेरै केटीहरुको परीक्षामा एउटा केटी मेरो लागी तय भयो मेरो परीवार शिक्षीत भएरपनि होला त्यो समयमापनि हुनेवाला बेहुलीसंग कुरागर्ने अवसर मिलाईदिनुभयो हामी एकआपसमा कुरागर्यौ र जिन्दगीका हरेक सुखदुखमा साथ दिन राजी भयौँ । मेरो बिबाहाको दिन टुङ्गो लाग्यो घरमा रंग रमाईलो किनमेल सुरु भयो । एक हप्तामात्र बाँकी थीयो सबै बिहेको तयारीमा लागे म पनि मेरो जिवनमा कसैलाइ स्वागत गर्न आतुर थिएँ । बिबाहको अघिल्लो दिन सबै तयारी पुरा भए टाडाटाडाका आफन्तहरु मेरो बिबाहकालागी अघिल्लै दिन मेरो घरमा आईसकेका थिए । घरलाई सजाउनकालागी छिमेकीहरु लागीपरेका थिए । प्रकाश भाई म निकै खुसी थिए कतिबेला भोली होला भनेर , म मेरी जिवन संगीनिको मुहार हेर्न हतारिएको थिए ।
मलाई अनौठो लागीरहेको थियो र पनि म अमेरीका आए । अमेरीका मलाई नौलो थियो, नेपालबाट भर्खर आएको थिएँ सपना अनगिन्ती थीयो, सपना पुरा गर्न म बिभिन्न योजना बनाउदै थिए , एकातिर नयाँ देश नयाँ ठाउ म निकै मलिन थिएँ, समय बित्दै गयो मैले काम पाए । सुरुवातका ति क्षण अहँ म सम्झन चाहन्न कति धेरै दुख थिए । बिस्तारै अमेरीकामा मेरो ठाउँ बन्दै गयो साथीहरु बढुदै गए मैले एउटा घर किने र बस्न थाले । नेपालमा मेरा दुइ छोरा, साना सन्तानलाइ धेरै मिस गरीरहेको हुन्थे आमाले जस्तो ब्यवहार गरेपनि छोराहरुबाट मलाइ ठुलो आस थीयो पछि बाबा भन्दै आउनेछन पिताको महत्व बुझ्नेछन् । मैले छोराहरुकालागी पैसा पठाईरहथ्ये उनिहरुको लालन पालनका लागी नजिक नभएपनि आर्थीक रुपमा मैले उनिहरुकालागी जिवनभर संघर्ष गरीरहे, बर्ष वित्दै गयो ठुलो छोराको विवाह गर्ने समय भयो हतारमा निर्णय भएछ म विवाहमा सरिक हुन पाईन प्रकाश भाई ।
विवाहको ३ दिन अगाडी मलाई निम्तो दिईएको थीयो । मैले सोचे छोरा हो आखीर बाध्यतामा पर्योहोला । मैले छोराको मायामा कत्ति कमी गराइन । एक दिन मलार्इ नेपालको नम्वरबाट फोन आयो नम्वर देख्नासाथ म हर्षले गदगद भए । मैले सोचे आज मलाई परीवारले सम्झ्यो , फोन उठाए तर परीवारका सदस्यको फोन रहेनछ । ति त मेरा आत्मिय मित्रको फेन रहेछ उनि पनि अमेरीका आउन चाहेका रहेछन् र अमेरीकाको बारेमा र कसरी आउन सकिन्छ भन्ने प्रकृयाका बारेमा थाह पाउन रहेछ । यो संगैँ मैले मेरो घर को हालखवर बुझ्ने चेष्टा गरे छिमेकी भएकालेपनि उनलाई मेरो घरपरीवार नौलो थीएन उनले सुरुमा त भन्नै चाहेका थीएनन् मेरा असल मित्र भएको नाताले मैले उनलाइ कर गर्न थाले जबजस्ती उनलार्इ भन्न लगाए विदेश भएको मानिषलाइ पिडा नदिँउ भन्ने उद्धेश्य रहेछ उनको, म अमेरीका आएपति त ? लगाम विनाको घोडा जस्तै भएकी रहेछ ।
उसको मलार्इ कुनै पूर्वाह भएन तर उसको छाया मेरा अवोध छोराहरुमा पर्ने मलार्इ चिन्ता थियो जे सोचेकै थीएन त्यही भयो छोराहरु मलार्इ घृणा गर्न थालिसके छन् ति बिचरालार्इ मेरो बाध्यता र परीवेश थाहै थिएन अनि मैले कान्छो छोरालार्इ अमेरीका बोलाए छोरा मसंगै बस्न थाल्यो सधै एक्लो भएको ठाउमा छोरा आउदा खसिको भल बग्यो । समय बित्दै गयो अमेरीकामा मेरो नाम समाजसेविको रुपमा स्थापित भइसकेको थियो धेरै संघर्षका बिच मैले आफ्नो कम्पनि खोलेर धेरैलार्इ राजगारी दिएको थिएँ । पैसाको खासै दुख थिएन छोराकालागी अमेरीकामा रहेका एक जना प्रतिष्ठीत ब्यक्तिको छोरी मागे । दुबै राजि भए ।
अमेरीकामा एकलार्इ नबुझि बाबाआमा र समाजको निर्णय केटा केटीले मान्नुपर्ने बाध्यता थीएन मैले छोरालाई स्वतन्त्रता पुर्वक हुनेवाला बुहारीको बानी ब्यबहार बुझ्न नजिक पाठाएँ । सधै डेटिङ्गका लागी अनुरोध गरे, अमेरिकामा डेटीङ्ग सामान्य कुरा थियो । यहाँ त एकअर्का बिच समझदारी भएन भने साठी सत्तरी बर्षमा पनि बिबाह हुन्छ र सम्बन्ध बिच्छेद पनि । सबैले यो संकारलाई स्विकारेका छन यसैमा रमाएका छन् । केटाकेटी भेट हुदै गयो छोराले पनि अमेरीकामा नयाँ ठाउँमा काम गर्न लाग्यो । फेरी हामी अलगीयौ । केही समय सम्म त बाबु छोरा बिच सम्पर्क चलिरहेको थीयो फोन वा म्यासेज अनि बिदामा पनि भेट भर्इरहन्थ्यो । उसको विवाहको मिति तय गर्ने कुरा चल्दै थीयो । अचानक छोराकी आमा अमेरीका आई , उसका आखामा क्रोध थीयो , उ परीवर्तन भएको जस्तै देखीदैन थी , अचानक मेरो भेट भयो नजिक आएकी थीई मैले हालखवर बुझ्ने प्रयत्न गरे तर उ मसंग प्रतिस्प्रधामा बिजयी भए जस्तो गरी ।
ठिकै छ भने , उसको अमेरीका बसाई मेरो लागी चासोको बिषय बन्यो उ आएदेखी छोरा संगको दुरी बढ्दै गयो मैले बारम्वार फोन गरे तर जवाफ नै आएन , छोराको ईन्गेजमेन्टको दिन रहेछ मलार्इ र हुनेवाला बुहारीका बाबुले फोन गरेर किन नआउनुभएको भने म दंग परें म अचम्ममा परे छोराको फेसबुक ईन्गेजमेन्टका फोटाहरुले भरीएका थीए । म निकै दुखी भए । त्यो समय म अस्पतालमा भर्ना हुनु पर्ने अवस्था आयो, उच्च ज्वरोका कारणा म अस्पतालमा भर्ना भएँ । एकातिर ब्याथाको पिडा अर्को तर्फ छोराको इन्गेजमेन्ट मैले विस्वासनै गर्र्न सकिन आफै यो कसरी सम्भव भयो मैले नै खोजेको केटी र छोराको खुसीमा मलाई धेरै दुखको अनुभुति भयो । सायद त्यही भएर होला स्वस्थानि व्रत कथामा सतिदेविले आफन्तले दिएको पिडा र बेईजत सहन नसकेर अग्निमा होमीएको म त्यति काएर पनि होईन स सम्मालिए बच्चैछ भनेर माफ गरे ।
हुन त आफ्ना सन्तान जे गरेपनि बाबुआमाले स्वतः माफ गरीदो रहेछ । पहिलो पल्ट अभिभावक भएको महसुस गरे सधै छोरालार्इ साथ दिए , साथी जस्तो थियो यस्तै ब्यवहार गरे तर त्यसको बदलामा सिरै उठाउन नसक्ने गरी बेईजति दियो , म अस्पतालबाट घर गए एक जना आफन्तले पार्टि राखेका रहेछन् मलार्इपनि बोलाईएको थीयो । त्यही पार्टीमा नव दुलाह र दुलही पनि आएका थीय । मलार्इ सबैले बुहारी भित्राएकोमा बधाई दिदै थिए मलाई सबैले ब्यग्य गरेजस्तो भयो तर समाजलार्इ देखाउनकालागी सबैको आर्शिवाद स्विकार गरे । छोराले मलार्इ पुलुक्क हेर्यो तर निशब्द भयो मैले उ बाट अमेरीका फेरीएको अनुभव पाए ।
प्रकाश बस्याल संचारखवरकर्मी हुन् ।