माओवादीको निर्णय उल्टीयो, चुनाव नहुदासम्म सरकार नछाड्ने ।

0
219

३१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । सरकार छाड्ने तयारी स्वरुप पत्रकार सम्मेलन गरेका गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्न खोजेको सूचना आएको भन्दै राजीनामा नदिने घोषणा गरे का हुन्् । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले ‘सरकार छाड्ने घोषणा गर्न बनाइएको पत्र’ समेत देखाएका छन् ।

सरकारबाट बाहिरिने सबै तयारी पूरा भएर अन्तिम समयमा पुगेका बेला सरकारले चुनाव सार्दै छ भन्ने सूचना पाएकाले आफूहरु सरकारमै रहेर चुनाव निश्चित गर्ने गृहमन्त्री शर्माले बताए । आज विहान मात्र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दा माओवादीबाट मन्त्री भएकाहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए ।